कैलाली । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कटौजपनी कालागाउँ बल्लेखोला निवासी स्थानीय कालिगढ तथा कलाकर्मी जय बहादु पार्कीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहनुभएका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ ।
पार्कीको अवस्था केही सुधार उन्मुख भए पनि अझै आइसियु वेडमा नै उपचारत छन्।अझै स्वास्थ्य निको हुन् लामो समय लाग्ने अस्पातलले जनाएको छ।

पछिल्ला दिन यता उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ । उनलाई गत वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो ।
जय बहादुर बचाऊू अभियान अन्तर्गत अहिलेसम्म विभिन्न ठाउँहरूबाट कयौँ सहयोगी मनहरुले सहयोग गरिरहनुभएको र अद्भुत कलाकर्मीको स्वास्थ्य अवस्था सुधारजनक रहेको उनका भाई कृष्ण पार्कीले बताए ।
यस्तै जय बहादुर पार्की बचाउन पुष्पाञ्जली सामुदायिक विकास तथा उत्थान समाज बैतडीका अध्यक्ष प्रकाश जि।पि चिन्तनले जय बहादुर पार्की बचाऊ अभियान सञ्चालन गरेका छन्।जस अन्तर्गत अहिले सम्म विभिन्न ठाउँहरुबाट सहयोग हुँदै आएको छ।
अभियानको सञ्चालन संस्थाका अध्यक्ष प्रकाश जि पी चिन्तनले गरे पनि पैसा भने बिमारीका भाई कृष्ण पार्कीको खातामा सहयोगीले नै पठाउन सक्ने गरेका छन्। दिन दुःखको सेवामा समर्पित प्रकाशले यो भन्दा पहिला पनि थुप्रै अभियान चलाएको छ। उनले विशेष गरी बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन्। शिक्षक अभाव भएको विद्यालयमा बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै निःशुल्क वर्षौं सम्म शिक्षण गरेका छन्।उनी दिन दुःखको सेवामा समर्पित युवा हुन्।
डोटेली साहित्यमा रुचि भएका चिन्तनले देउडा प्रतियोगिताका थुप्रै पुरस्कार जितेका छन्। उनी सुदुरपश्चिम प्रदेशको प्रमुख पर्व गौरामा आफ्नै स्थानीय ठाउँमा देउडा खेल्दै गीतहरू गाउँदै आएका छन्। उहाँले साङ्गीतिक कोसेली पनि बजारमा ल्याइसकेका छन् । उनी हरेक क्षेत्रमा चासो राख्ने व्यक्ति हुन्।
अभियानको थालनी गर्दै गर्दा बिमारीका आफन्तको कुनै अकाउन्ट नभएको हुँदा सुरुवाती अभियानको थालनी गर्दै गर्दा अध्यक्षको अकाउन्ट प्रयोग गरिएको भएपनि अब भने बिमारी पार्कीका भाई कृष्ण पार्कको अकाउन्टमा सहयोगी दाता हरुले सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।सहयोग गर्न सक्ने व्यवस्था संस्थाका अध्यक्ष चिन्तनले नै मिलाएका हुन् ।
पार्कीलाई सन्चो नहुँदा सम्म अभियान जारी नै रहने अध्यक्ष चिन्तनले बताए ।
पार्की बचाऊ अभियानूठाउँ ठाउँमा सञ्चालन गरेका छन्।भारतको बैंगलोरमा भरत बहादुर विष्टले सञ्चालन गरेको अभियानलाई अम्मर बहादुर विष्टले पूर्ण साथ दिएका छन् भन्ने भारतमा रहेका नेपाली दाजुभाईहरुले पार्कीलाई बचाउन सक्दो सहयोग गरिरहेका छन्।यस्तै कञ्चनपुर र कैलाली जिल्लामा पनि छुट्टा छुट्टा अभियानले पैसा संकलन गर्दैछन्। कैलाली जिल्लामा प्रशान्त विष्टले अभियानको सुरुवात गरे पनि बैतडी बासी सबैले साथ सहयोग र समर्थन गरेका छन्।यी अभियानमा स्थानीय समाजसेवी धन बहादुर विष्टको विशेष भूमिका रहँदै आएको छ।
यस्तै अभियानलाई रेस्लिङ खेलाडी मुना श्रेष्ठ, समाजसेवी दीप शिखा ,समाजसेवी भोजराज जोशीले पनि पूर्ण साथ सहयोग गर्ने गरेका छन्।हेम राज थापाले दुई दिन पछि भेटेर अभियानलाई सहयोग गर्ने भनेर वचन दिएका बताईएको छ।यसै गरी पूर्व सचिव तथा सामाजिक अभियन्ता भीम उपाध्य कृष्ण कँडेल जस्ता व्यक्तित्वलाई पनि चाँडै भेट्ने कुरा रहेको छ।
अहिलेसम्म सरकारपक्षबाट कुनै किसिमको सहयोग हुन् नसके पनि वचन चाहिँ दिइरहेका छन्। राजनैतिक दलका नेताहरु यतिबेला पहलमा गर्न दौडधूपमा रहेका बताईएको छ।
यसैबिच बिरामी पार्कीलाई अस्पतालमा भेट्नेहरुको संख्या निकै बढेको छ। पछिल्लो दिन यता कतिपयले आफै भेटेर पनि सहयोग गरिरहेका छन् भने राजनैतिक दलका नेता तथा स्थानीय सरकारदेखि केन्द्र सरकारमा रहेका विभिन्न दलका नेताहरुले पनि वचन दिईरहेका छन्। अस्पतालमै पुगेर सरकारबाट गर्न सकिने सहयोगमा कुनै कमी नरहने र यो पहल कदमी निरन्तर जारी रहने नेतागणहरुले बताएको बिरामीका भाई कृष्ण पार्कीले बताएका छन् ।
यस्तै पार्कीको ज्यान जोगाउन केही विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरू मिलेर समेत अभियान चलाइरहेका छन् भने अन्य कतिपय विद्यालयहरुले पनि सक्दो सहयोगका लागि अभियान चलाउन सकिने भनेका छन्।
यस्तै,अहिलेसम्म देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाईहरुले कुनै किसिमको कन्जुस्याइँ गरेका छैनन्। सबैको नामावली सहितको सहयोग रकम अभियान रोकिएको दिन सार्वजनिक गर्ने बिमारी पार्कीको परिवारले बताएको छ।
सहयोग कार्यमा कसैले पनि कन्जुस्याइँ नगरेको सबैले सक्दो सहयोग आफू खुशी गरिरहेका छन् ।
यस्तै,पत्रकार नरेन्द्र विष्टले आआफ्नो ठाउँबाट सक्दो सहयोग आफू खुशी गरिदिन सम्पूर्ण सहयोगी हातहरुलाई अपिल गरेका र गर्दै आएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् सेवा नै धर्म हो,यदि हामीहरूको सानो सहयोगले उनको ज्यान जोगिन सक्छ भने हामी सबैले सहयोग गर्नु जरुरी छ, सहयोग गर्न सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु, मेरो तर्फबाट हुने सहयोग लागि जती बेला पनि तयार रहेको उनले बताए। पत्रकार विष्टले आफ्नो सम्पर्क नम्बर ९८६९९१२८१४ र सामाजिक सञ्जाल फेसबुक पेजमा जति बेला पनि सम्पर्क गर्न सकिने बताएका छन्।
पार्कीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सक आफन्त इस्टमित्र लगायत उनका शुभचिन्तकहरुले अहिले उनलाई शुभेच्छा प्रकट गरिरहेका छन्।
यस्तै देश तथा विदेशमा रहेका सहयोगी मनहरुले उनका भाई कृष्णको सम्पर्क मोबाईल न.९८६३३५७८६२ मा सम्पर्क गर्न सक्ने र कृष्ण पार्कीको कुमारी बैंक लिमिटेडमा रहेको खाता नम्बर 0280276706400001 मा जम्मा गरी सहयोग गर्न सकिने पारिवारिक स्रोतले जनाएको छ ।
