बैतडी । नेपाली कांग्रेस बैतडीले यही जेठ ३० गते पालिका सम्मेलन गर्ने भएको छ । अहिले वडा सम्मेलनहरु भइरहेका र जेठ ३० गते पालिका सम्मेलनको तयारी भएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । सम्मेलनका लागि जिल्लाका १० ओटै स्थानीय तहमा प्रतिनिधि खटाइएको सहसचिव चन्दले बताए ।

सम्मेलनका लागि दशरथचन्द नगरपालिकामा उपसभापति खगेन्द्रसिंह धामीलाई खटाइएको छ भने पाटन नगरपालिकामा उपसभापति बीरबहादुर बिष्टलाई खटाइएको छ । यस्तै मेलौली नगरपालिकामा पूर्व जिल्ला सभापति नरेन्द्रसिंह थापालाई खटाइएको छ भने पुर्चौंडी नगरपालिकामा जिल्ला सचिव देवराज जोशीलाई खटाइएको सहसचिव चन्दले जानकारी दिए ।

यस्तै सुर्नया गाउँपालिकामा प्रदेश सभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति शिवराज भट्टलाई खटाइएको छ भने दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्दलाई खटाइएको छ । डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाडलाई खटाएको कांग्रेसले सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्दलाई खटाएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति विष्णुदत्त भट्टलाई खटाइएको छ भने शिवनाथ गाउँपालिकामा सहसचिव दिपेन्द्रबहादुर चन्दलाई खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय