दार्चुला । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले खलंगा बजारमा रहेका मासु र डेरी पसलहरुको अनुगमन गरेको छ । विहीवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा खान अयोग्य ४ किलोग्राम कुखुराको मासु बरामद गरी नष्ट गरिएको छ ।

अनुगमन टोलीले बंगावगर क्षेत्रमा रहेको अपी मासु पसलबाट खान अयोग्य ४ किलोग्राम कुखुराको मासु बरामद गरेको हो । बरामद गरिएको ४ किलोग्राम मासुमा दाँग देखिएको थियो ।

अनुगमनको क्रममा पसलहरु मुख्यतः मूल्यसूची, सरसफाई, व्यवसाय दर्ता र नविकरण, मासुको गुणस्तरता पनि सन्तोषजनक नभएको पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।
नियम विपरित काम गर्ने व्यवसायी जो कोहीलाई पनि कारबाही हुने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खडकाले बताए ।
बजार क्षेत्रका १३ वटा पसलहरूमा अनुगमन गरिएको हो । अनुगमन गरिएका पसलहरुमा १० वटा मासुका रहेका छन भने ३ वटा डेरी पसल रहेका छन ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनीधि, घरेलु कार्यालयका प्रतिनीधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय