काठमाण्डौ – नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

लामिछाने र ऐरी दुवै जना क्यानडाको ग्लोबल टी–२० लिग खेल्न जाने भएका कारण श्रीलङ्कामा हुने एसिसी इमर्जिङ टिम्स कप गुमाउने भएका हुन् । जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर आज शुक्रवार स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले दुई जना खेलाडीले एसीसी इमर्जिङ टिम्स एसिया कप गुमाउने जानकारी दिएका हुन् ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म हुँदैछ । जुलाई २० देखि अगस्ट ६ सम्म हुने ग्लोबल टी–२० क्यानडा लिगमा नेपालबाट सन्दीप र दीपेन्द्र छानिएका हुन् ।

दीपेन्द्रले पहिलो पटक विदेशी लिगका रूपमा यो प्रतियोगिता खेल्न लागेका हुन् भने सन्दीपले यसअघि दुई पटक यो लिग खेलिसकेका छन् । दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ुड्राफ्टु मार्फत अनुबन्ध गरेको छ भने सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रूपमा एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न लागेको हो ।

नेपाल इमर्जिङ कपको समूह ुबीु छ । यो समूहमा नेपालसँगै यूएई, पाकिस्तान ुएु र भारत ुएु छन् । त्यस्तै समूह ुएु मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय