म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोका पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

दीपशिखा मावि कुहुँबाट माध्यमिक शिक्षा परीक्षा एसईई मा सहभागी हुनुभएका वडाध्यक्ष रोका दुई दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण हुनुभएको हो ।

विसं २०५८ सालमा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि बीचमै पढाइ नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र अफगानिस्तान पुग्नु भएका उहाँले आठ वर्ष विदेशमा बिताउनुभयो । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो ।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गएको वैशाखमा भएको पालिका चुनावमा नेकपा ९एमाले० बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय