भारत ।  नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृत्यु भएको अवस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ ।

महिलाले झुण्डिएर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले महिलाको नाम कमला भएको जानकारी दिएको छ । महिलाको घर नेपालको लामडाडामा रहेको बताइएको छ । प्रहरीले सोमबार दिउँसो १ः२५ बजे घटनाबारे जानकारी पाएको थियो ।

टाइम्स अफ इन्डियाको समाचारमा जनाइए अनुसार, लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । महिला सलको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएकी थिइन् ।

कमला श्रीमान, १४ वर्षीया छोरी र आठ वर्षीय छोरासहित विगत १७ वर्षदेखि त्यो घरमा बस्दै आएकी थिइन् । कमलाका श्रीमानले त्यही घरमा घरेलु कामदार थिए । घटना हुँदा कमलाका छोरा—छोरी विद्यालयमा थिए भने श्रीमान काम विशेषले बैंक गएका थिए ।

घटनाको अनुशन्धानमा संलग्न प्रहरीका अनुसार, कमलाले पछिल्लो आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् । कमलाको शवलाई एम्स अस्पतालको शवगृहमा राखिएको र उनको शरीरमा आन्तरिक चोटको कुनै संकेत नपाइएको पनि प्रहरीले जनाएको छ । घटनाको थप अनुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय