काठमाण्डौ । नेकपा एमालेले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाबुछोरामाथि किन अनुसन्धान भएन भनेर प्रश्न गरेको छ ।

आज बुधवारको संसद् बैठकको शुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले गएको पुसमा इलेक्ट्रिक सिगरेटभित्र आएको नौ किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उहाँका छोराको नाम विभिन्न सञ्चारमाध्यममा आएको तर उनीहरूमाथि छानबिन नभएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकारकै संरक्षणमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको पनि आरोप लगाउनुभयो ।

गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि माग्नुभएको छ । गृहमन्त्रीले भाषण एउटा गर्ने तर तस्करको संरक्षण गर्ने गरेर दोहोरो भूमिका खेलेको भन्दै उहाँले राजीनामा माग्नुभयो ।

एमालेले सुन तस्करीको विषयमा छानबिन गर्न समिति बनाउन सरकारसँग माग गरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेमात्रै शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय