काठमाडौँ । संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सिनेटर होलेनबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

सिनेटर होलेन आजै नेपाल भ्रमणमा आएका हुन् । उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जनाइएको छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय