दार्चुला । अपि हिमाल गाउँपालिकामा पर्यटन प्रबद्र्धन क्षेत्रहरुको प्रचार प्रसार गर्नका लागि टिकटक प्रतियोगिता संञ्चालन हुने भएको छ । गाउँपालिकाले सोमबार एक सुचना जारी गदैँ पर्यटन प्रबद्र्धन क्षेत्रमा सामाजिक संञ्जालको उपादेयतालाई मध्यनजर गदैँ पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न तथा भम्रण वर्ष २०८० र विश्व पर्यटन वर्ष २०८०का लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

उक्त प्रतियोगितामा सहभागि हुन इच्छुक व्यक्तिले अपि हिमालको पर्यटन क्षेत्र,साँस्कृतिक र भेषभुषा झल्किने गरी अपि हिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० अभियानलाई लक्षित गरेको न्युनमत १ देखि ३ मिनेटको टिकटक भिडियो बनाउनु पर्ने बताइएको छ । सोही टिकटक भिडियो आफनो टिकटक आइडीबाट अपि हिमाल गाउँपालिकालाई अनिवार्य टेगगरी असोज १ गते विहान ८ बजे पछि मात्र सार्वजनिक गरी अपि हिमाल भम्रण वर्ष २०८० लगाउनु पर्ने छ ।

टिकटक बनाउदाँ अपिको मौलिकता झल्किने गरी आफनोे आवाजमा बनाउनु पर्ने साथै आफनो अवाजमा बनाउदाँ ब्याकग्राण्डमा म्युजिक प्रयोग गर्न पाइने भएको छ । भिडियोलाई मुल्याङन समितिले मुल्याङन गरी प्रथम हुनेलाई रु १० हजार द्धितियहुनेलाई ७ हजार ५ जना अन्य सहभागीहरुलाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरुस्कार तथा प्रमाणपत्र सहित विश्व पर्यटन दिवस २०८० उद्घाटनका दिन सम्मान गरिने गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए ।

टिकटक भिडियो अगामी असोज ७ गते दिउसो १२ बजेसम्म प्राप्त भिउज,लाइक र सेयर बापत ४० प्रतिशत र विषयबस्तुको गहनता प्रस्तुतिकरण आदिका आधारमा मुल्याकंन समितिको आधारमा ६० प्रतिशत भार विनीयोजन गरिएको उनले बताए ।  पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ,टिकटकको लोकप्रियतालाई ध्यान राखेर पालिकाले यो निर्णय गरेको अध्यक्ष ठेकरे बोहराले बताए । पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले गत बैशाख १४ गते देखि २१ गते सम्म अपि बेश क्याम्प भम्रण सप्ताह कार्यक्रम समेत संञ्चालन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय