काठमाडौं – भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा श्रीलंकालाई १० विकेटको लज्जास्पद हार चखाउँदै भारत उपाधि विजेता बनेको हो ।
सिराजले ७ ओभर बलिङ गर्दा २१ रन दिएर ६ विकेट लिए । हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ रन मात्र खर्चेर तीन विकेट लिए भने जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए ।
