गजल …✍
बचनैले मार्न थाले प्रहार बदलियो
गाउँ उस्तै छ, शहर बजार बदलियो

म जसको मायामा पागल सरह थिएँ
उसैको एकाएक ब्यबहार बदलियो

हावा हुरीसँगै जाने बिजुली बदलिएन
बिजुलीको पोल अनि तार बदलियो

सोच्थेँ तिम्रो घरको बुहारी कसरी बनौ
घरमै डोली लिई आयौ बिचार बदलियो

जे सोध्नु छ नदीको बहावलाई सोध्नु
नसोध्नु के कसरी किनार बदलियो ।।
~ खेमा किनारा
अत्तरिया_कैलाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय