दार्चुला । दार्चुला जिल्लाको बिकट क्षेत्रमा रहेको अपिहिमाल गाउँपालिकाले पछिल्लो डेढ बर्षमा कोल्टे फेरेको छ ।
जिल्लाको अपिबेश क्याम्प भन्ने बित्तिकै नचिन्ने सायदै होलान् । अपि हिमाल गाउँपालिका लाई बिश्वसंग जोड्ने प्रयत्नमा लागेका गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आफु निर्वाचित भएको डेढ बर्षमै गाउँपालिकाको कोल्टे फेरेका छन् ।
गाउँपालिकाका जनताहरुको समस्यालाई मध्यनजर गर्दे बेलाबेलामा जनताको आगनसम्म पुगि बालबालिका देखि बृद्धबृद्धाहरु सम्मका सुझाव सल्लाह बटुल्ने गाउँपालिका अध्यक्ष बोहराले जनताले गरेका गुनासाहरुलाई समाधान गर्दे ध्यानमा राखी अगाडी बढिरहेका छन् ।
‘सुन्दर समृद्ध र बिकसित अपिहिमाल’ भन्ने मुलनाराका साथ अगाडी बढिरहेको अपिहिमालमा खानेपानीको सन्दर्भमा एक घरमा एक धाराको निर्माण कार्यक्रम केही घरधुरीहरुमा पुगिसकेको र बाँकी घर धुरीहरुमा यसै बर्ष भित्र सबै घरमा पुर्याउने बताएका छन् । सफा र स्वच्छ वातावरणीय अपि बनाउनका निम्ती सरसफाइ सम्बन्धि पनि बिभिन्न खालका कार्यक्रमहरु संचालन हुने अध्यक्ष भगतसिंहले बताए ।
आफ्नो कार्यकाल भित्रमा पालिकाका हरेक वडाहरुमा सडक सञ्जाल जोड्ने गरि काम गरिने अध्यक्ष भगतसिंह बताए । ‘सडक संञ्जालले नछोएका वडाहरुमा मेरो कार्यकाल भित्रमा प्रत्तेक वडालाई सडक संञ्जाल संग जोड्छु उनले भने— म नेता होईन जनताको सेवक हु, यहाँका जनताहरुको माग अनुसार नै पालिकाले हरेक काम गर्ने गरेको छ’ ।
अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नको लागि गाउँपालिकाले अपिहिमाल भ्रमण सप्ताह २०७९ र अपिहिमाल भ्रमण बर्ष २०८० कार्यक्रम संञ्चालन गरेको थियो ।
गाउँपालिकाले अपि बेश क्याम्प भ्रमण सप्ताह २०८० सञ्चालन गरिसकेको छ । ७ हजार १३२ मिटर उचाइमा रहेको अपि बेश क्याम्पमा आन्तरिक तथा बाह्य गरी अहिलेसम्म करिब ७ सयको हाराहारीमा पयर्टकको आवागमन भएको अध्यक्ष भगतसिंहले बताए ।
अपिहिमाल प्रशस्त मात्रामा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुनाले पर्यटकहरुको आवागमनका लागि अपि बेश क्याम्प भ्रमण सप्ताहको आयोजना गरेको थियोे ।
अपि हिमालको आर्थिक समृद्धिका लागि प्रर्यटनलाई बिशेष प्राथमिकतामा राखेर अगाडी बढिरहेको अध्यक्ष भगतसिंह बताए ।
बि.सं. २०६० साल देखि नेकपा माओवादी पाटीको भुमिगत सदस्य रहेका ३८ बर्षीय युवा नेता भगतसिंह बिगत २२ बर्षदेखि राजनितीमा सकृय छन् । बि.सं.२०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंन्जबाट अखिल क्रान्तिकारी बिद्यार्थी संगठनको ईकाइ सदस्यरही राजनितीको सुर्वात गरेका थिए ।
हाल उनी नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य छन् ।
२०७९ को निर्वाचनबाट निर्वाचित अध्यक्ष भगतसिंहले गरेका मुख्य काम यी हुन्
पर्यटन बिकासको लागि मकरीगाड देखि अपि बेश क्याम्प सम्म झण्डै १५ किलोमिटर पदमार्ग निर्माण गरेका छन् । अपि हिमालमा भ्रमणमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि खान र बास बस्नसहितको ब्यवस्थाको होमस्टे होमस्टे स्थापना गरेका छन् । पदमार्गर बेस क्याम्पमा आवासगृह समेत निर्माण निर्माण गरी त्यहाँका स्थानियहरुलाई टुरिष्ट गाईड तालिम पनि दिएका छन् । पालिका भित्रका युवाहरुको लागि स्वरोजगार मुलक तालिम संञ्चालन गरिएका छन् । जिर्ण भएका बिद्यालय भवन पुनः निर्माण गरी गुणस्तरीय शिक्षाको लागि सबै बिद्यालयमा ईन्टरनेट जडान गरिएका छन् । केही बिद्यालयहरुले डिजिटल माध्यमबाट पठन पाठन सुरु गरेका छन् । स्वस्थ्यमा सुधार गर्नका निम्ती गाउँ घरमै स्वास्थ्य शिबिर समेत संञ्चालन गरिसकेका छन् । जनताहरुको समस्यालाई मध्यनजर गर्दे गाउँपालिकाका बिभिन्न ठाउँहरुमा ४ वटा झोलुङ्गेपुल पनि निर्माण गरेका छन् ।
‘उज्यालो अपिहिमाल’ कार्यक्रम अन्र्तगत गाउँपालिकाको ५ नम्बर वडामा पहिलो पटक राष्ट्रियलाईन बिस्तार गरिएको छ भने अन्य वडाहरुमा लघु जलविद्युतको लाईन बिस्तार गरि वत्ति बलेको छ । बिस्तारै बाँकी वडाहरुमा पनि राष्ट्रियलाईन बिस्तार गरिने छ ।
गाउँपालिका अध्यक्ष भगतसिंह प्रति जनताको प्रतिक्रिया
अपिहिमाल गाउँपालिकाको समग्र बिकासमा गाउँपालिका अध्यक्ष लगायत पालिकाको पुरै टिम लागेको स्थानीयहरुले बताएका छन् । अघिल्ला जनप्रतिनिधीहरु भन्दा अहिलेका जनप्रतिनिधीहरुले उपयुक्त काम गरिरहेको स्थानियहरुले प्रतिक्रिया दिएका छन् । एक स्थानियले भने–‘अहिलेका जनप्रतिनिधीहरुले यहाँको संस्कार र संस्कृतीलाई उजागर गर्ने खालका योजना लिएका छन् । हामी सबै जनताको दुःख पीडा बुझ्नै सरकार हामीले अहिले पाएका छौँ’ ।
यहाँका कुनै गाउँ तथा टोलमा केही पुर्वाधार तथा बिकास निर्माणको कार्य गर्नु परेमा वा समस्या परेमा तुरुन्तै पालिकामा जानकारी गराउन पनि उनले आग्रह गरेका छन् ।
जानकारी मुलक सामग्री

