तिमीलाई टिप्न खोज्दा हातमा नआएको ।।
औँसीको चन्द्रमा हौ रातमा नआएको ।।
रहरहरू आफ्नो औकातमा फर्किसके
नाथे मन छ आफ्नो औकातमा नआएको ।।
सुरूमा आउनेले सबै प्यास मेटीसक्यो
तिमी प्यासी भए किन सुरुवातमा नआएको ।।
जसलाई हेर्ने चाहतले यहाँसम्म आए
आँखीर उही रहेछ जमातमा नआएको ।।
कहाँ जान्छस् बादल कहाँ जान्छस् हावा
भन्त किन अचेल वर्षातमा नआएको ।।
✍️ शान्ती प्रसाद जोशी (मुस्कान)
