दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। लेकम गाउँपालिका–४ रातामाटा नजिकैको भिरबाट लडेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

रातामाटास्थित भिरमा घास काट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

घटनास्थलमै मृत्यु भएकी महिला ६० मिटर तल खसेको बताइएको छ । आइतबार दिउसो साढे ३ बजेतिर घटना भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय