धनगढी : नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बाेर्ड,’युएनडिपी’ काे सहयाेगमा ‘एसटियलआरपी’ कार्यक्रम मार्फत स्थानीय पर्यटन रणनीति तथा कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला गाेष्ठी धनगढी मा सम्पन्न भएको छ।

अपि हिमाल गाउँ पालिकाले आफ्नो पालिका भित्र बढि भन्दा बढि पर्यटन भित्र्याउने उदेश्यले पालिकाले भ्रमण बर्ष २०८० मनाइ सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमाल र त्यस भित्र रहेका अन्य जडिबुटी तथा प्राकृतिक सम्पदाको पहिचान गराउने उद्देश्य लिएर कार्यक्रम सञ्चालन भएको अपि हिमाल गाउँ पालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिनु भयो।

पर्यटन प्रबर्द्धनमा बिकास गर्न सके अपी हिमाल गाउँपालिका र समग्र जिल्लाको नै आर्थिक बिकास हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष बोहराले जनाए। उनले भने जसको लागि पालिका स्तर बाटै पालिका भित्र विभिन्न ठाउमा होमस्टे साथै बाटोघाटो निर्माण देखी लिएर पुलपुलेसा निर्णयको कार्य पनि भइरहेको अध्यक्ष बोहराले बताए। जसको लागि पालिकाको समन्वयमा प्रदेश सरकार र संघ सरकार संग पनि समझदारी भइरहेको समेत उनले बताए।
सन्देशमुलक सामग्री प्रकाशित

