धनगढी। सुदूरपश्चिम महोत्सवमा आज  चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो। आज रमेशचन्द्र काफ्ले र गौरी भट्टको विशेष प्रस्तुति रहेको थियो।

त्यस्तै आजै सुदूरपश्चिम महोत्सवमा पछिल्लो समय सुदूरपश्चिममा उदाउन लागेका कलाकार अमृत नाथको समेत विशेष प्रस्तुति रहेको थियो।

पछिल्लो समयमा अमृत नाथ सुदूरपश्चिमका र मध्यपश्चिम विभिन्न मेला महोत्सव लगायत विभिन्न कार्यक्रमहरूमा सरिक हुँदै आइरहेका छन्। उद्घोषण यात्राबाट कलाकारिता सुरु गरेका अमृत नाथ अहिले साङ्गीतिक क्षेत्रमा पनि उत्तिकै चर्चामा रहेका छन्।

दर्शकहरूको साथ सहयोग र माया ममताले गर्दा आफू यहाँसम्म पुगेको समेत कलाकार नाथ बताउँछन्। उनी भन्छन् मेरो जिन्दगीको सब थोक भनेका दर्शकहरूनै हुन् । यस्तै साथ सहयोग र हौसला पाए पछि आगामी दिनमा समेत उत्कृष्ट रूपमा आफू प्रस्तुत हुने उनी बताउँछन्।

उनी गजल मुक्तक मा पनी उतकै पोक्त रहेका छन् । उनको अमृत संग्रह नामक पुस्तक पनी छिट्टै बजारमा आउन लागेको कलाकार नाथले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय