काठमाडौं। जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन।

त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुने भएकाले छ। न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय