धनगढी। गायक तथा सर्जक श्रीकान्त राना क्षेत्री र सुनिल राना क्षेत्रीको सयुक्त प्रस्तुतिमा नयाँ गीत बजारमा आएको छ। “केही गर्नु छ देशका लागी..” नामक गीत उनकै युट्युब च्यानल श्रीकान्त राना क्षेत्रीबाट प्रकाशन गरिएको छ। जुन गीतमा लय श्रीकान्त राना क्षेत्रीको रहेको गीतमा श्रीकान्त राना क्षेत्री र वर्षा जेठाराको आवाज रहेको छ भने संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन्।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा शब्द रचना श्रीकान्त राना क्षेत्री र शान्ति विष्टको रहेको छ। गीतको विशेष सल्लाहकारमा मौसम गुरुङ रहेका छन्। सहयोगी मनहरूको सहयोग र सबै दर्शकहरूको मायाले आज यो गीत बजारमा ल्याउन सफल भएको गायक श्रीकान्त राना क्षेत्रीले बताए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय