हे मेरी आमा के पायौ छोरा बनाउन विदेशी।

को जान्थ्यो विदेश मेरो यो देशमै भविष्य भएसी।।

न पैसा मेरो न भयो शक्ति पाउन रोजगारी।

विदा देउ भन्छ यो तिम्रो छोरो ति आँशु नझारी।।

 

पुगेछु भने के गरी खाडी फेर्नेछु त्यो चोलो।

एक दिन आउँछ संसार सबै भन्छनि छ गोलो।।

 

कोहीले बेच्ने कोहीले किन्ने नेपाल आमालाई।

अकालमै मरे बचाउन खातिर ति मेरा दाजुभाइ।।

 

मारेकै थिए हटाउन राजा हे आमा वीर छोरा।

ल्याएर पनि यो गणतन्त्र भाषण त छन् कोरा।।

 

सत्तामा पुग्न मर्ने र मार्ने आमाको काख खाली।

के चाहियो अब भन ए बाबु गणतन्त्रलाई फाली।।

 

चल्दैन बन्दुक देशैका रक्षक मार्दा त कसैले,

गोली नै खाए यी मेरा छोरा बोल्दा त अहिले।।

 

न राम्रो शासन न छोरा रह्यो न मलाई जोगायौँ ।

भन ए दलाल भ्रष्टाचारी को बाट के पायौ ।।

 

हुँदैन शान्ति नगए सम्म बुद्धको बाटोमा।

के अत्याचार गर्दैछौं अहिले यो मेरो माटोमा।।

                                       लवदेव धामी (लव)

                                         राष्ट्र समर्पित रचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय