दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा सोमबार राती चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।
हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छ । सोमबार साँझ पौने सात बजे उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका छ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले जानकारी दिनुभयो ।
‘छिमेकी पालिका डिलाशैनीबाट खेल हेर्न आएका केही युवाले खेलाडीमाथि सोमबार साँझ आक्रमण गरेको थियो । प्रहरीले राती साढे १० बजेसम्म छ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको प्रहरी निरिक्षक जोशीले बताउनुभयो ।
पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
