अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १७ रजत र १६ कास्य सहित जम्मा ४६ पदक सहित उपाधी जितेको हो ।

प्रतियोगितामा ९ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ६ स्वर्ण, १ रजत र २ कास्य सहित दुर्गा भवानी माबि हरैया तेस्रो भएको छ ।

सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६३ स्वर्ण, ५९ रजत र ७५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन् ।

आईतबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासन पुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरे ।

गोदावरी नगरपालिका भित्र ५६ ओटा सामुदायिक स्कुल भएता पनि बिद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट नगरस्तरिय कार्यक्रममा न्यून सहभागिता प्रति आफूलाई दुःख लागेको र आगामी दिनमा सामुदायिक स्कुललाई प्राथमिकताका साथ अगाढी बढ्न समेत नगर प्रमुख भट्टले बताए ।

कुन विद्यालयले कती पदक हात पार्यो त?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय