धनगढी: दिल रोकायाको शब्दसङ्गीत र स्टार कठायतको निर्देशनमा नयाँ म्युजिक भिडियो ए पारु बजारमा आएको छ। विकास रोकाया युट्युब च्यानलबाट सो गीत बजारमा आएको छ। जुन गीतको अभिनयमा विकास रोकाया पवित्रा थापा र रेजिना वादी रहेका छन्।
सो गीतको म्युजिक भिडियोको छायाङ्कन र सम्पादन कृष्ण बाबुले गरेका थिए। हिजो विकाश रोकाया युट्युब च्यानलमा सार्वजनिक गरिएको निर्देशक स्टार कठायतले बताए। दर्शकहरूको र श्रोताहरूको माया ममता पाउँदै गएमा योभन्दा अगाडि पनि राम्रो-राम्रो म्युजिक भिडियोको साथमा उपस्थित हुने स्टार कठायतले बताए। उनले भने लामो समयपछि नयाँ म्युजिक भिडियोको साथमा प्रस्तुत भएका छौं छिट्टै अर्को भिडियोको तयारीमा रहेको समेत कठायतले बताए
