दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्टर दार्चुलाद्वारा आयोजित जिल्ला स्तरीय खुल्ला डबल्स ब्याटमिन्टन प्रतियोगिताको उद्घाटन गरिएको छ ।
२३औँ सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा गणले जिल्ला स्तरीय खुल्ला डबल्स ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको गणका गणपति डम्बर बहादुर विष्टले जानकारी दिए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनीका बाहिनीपती कुमार न्यौपानेले उद्घाटन गर्नु भएको हो ।
जम्मा ३२ टिमको सहभागीता रहेको प्रतियोगिता माघ ९ गते सम्म संचालन हुने छ ।
जिल्ला स्तरिय खुल्ला डबल्स ब्याटमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार ५सय ,द्धितिय पुररस्कार रु ६हजार ५सय र तृतिय पुरस्कार रु ३ हजार ५सय नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । खेल सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्टर दार्चुलाको प्राङगणमा राखिएको छ ।
