दार्चुला । सदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामीले समकालिन नेताहरुप्रति जनताको आक्रोश बढ्दै गएको बताउनु भयो । शुक्रबार प्रदेशसभा सदनमा बोल्दै धामीले देशमा राजनीतिप्रति जनतामा बढ्दै गएको वितृष्णालाई कम गर्ने संसदको विशेष अधिवेशन बोलाउन माग समेत गर्नुभयो ।

संसदको विशेष अधिवेशनमा जनताको असन्तुष्टिको चर्चा, छलफल र सामाधान गर्नुपर्ने उनको भनाइ थियो । सांसद धामीले सदूरपश्चिम प्रदेश भाषा, कला, संस्कृतिको अनुपम भण्डार भएको बताए ।

सांसद धामीले प्रदेशको औचित्य माथि नै प्रश्न उठिरहेका बेला सबैले संवेदनशील भएर अघि बढनुपर्ने जिकिर गरे । सासंद धामी पछिल्लो समय दार्चुलामा रहेका धार्मीक्षेत्रहरुलाई पर्यटयकीयस्थल बनाउन जोड् दिर्दैँ आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय