दार्चुला । जिल्लाको दुहु गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा गाउँपालिकाको वडा नम्बर ४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर  रहेको प्रहरीले जनाएको छ ।

दौलत सिह कुँवर गाउँपालिकाको वडा नम्बर ३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल मृत अवस्थामा फेला परेका हुन्

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय