धनगढी। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा दिएको उजुरी सामान्य रहेको र मिलिसकेको कैलाली प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले भने- ‘मन्त्री ज्यू को नाम आएपछि बुझेको र त्यही कुरो उजुरकर्तासँग राखेपछि केश मिलिसक्यो।’

बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदलाई दिएको पैसा माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए।

उता, उजुरीकर्ता धनबहादुर बोहराले पनि कुरा मिलिसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय