धनगढी: बैतडीको दोगडा केदार गाउँपालिका वार्ड नं १ रिममा एक बालकको मृत्यु भएको छ। बेताल आधारभूत विद्यालय गोरङमा कक्षा चारमा अध्ययनरत लोक बहादुर विष्टका १२ वर्षीय छोरा भुवन विष्टको अन्ताजी ४ बजेतिर बाटोमा बेहोश भए लगत्तै बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
गाउँपालिकाको वार्ड नं १ रिममा रहेको पञ्चदेव महानन्द माध्यमिक विद्यालयको वार्षिक उत्सव हेरेर घर फर्कने बेला बाटोमै बेहोश भएर बालकको मृत्यु भएको सोही ठाउँका स्थानीय समेत रहेको लोकेन्द्र बिष्टले बताएका हुन्। मृत्युको एकिन कारण भने कारण खुल्न नसकेको अवस्थामा हृदयघातका कारण निधन भएको हुनसक्ने बिष्टले बताउनु भयो।
