धनगढी: कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकारद्वयलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतम राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराधको मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो । प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेशागत संगठनले विरोध जनाएका थिए ।
