कैलाली: कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामा रहेको भीमदत्त स्मृति आधारभूत विद्यालयले करिब एक दसक पछी आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो। लामो समयसम्म विभिन्न तवरबाट पिछडिएको विद्यालयले सरस्वती पूजाको अवसर पारेर वार्षिक उत्सव मनाएको प्रधानाध्यापक सुरेन्द्र सिंह धामीले बताए ।
उनी ७ महिनाअगाडि मात्रै सो विद्यालयमा प्रधानाध्यापकको रूपमा आएका थिए। विद्युतको पहुँच समेत रहेको विद्यालयमा उनको पहलमा विद्युत जडान गरिएको हो। शैक्षिक रूपमा समेत पिछडिएको विद्यालयलाई धनाध्यापकको रुपमा धामी आएपछि शैक्षिक गुणस्तरमा समेत विद्यालयले फड्को मार्दै गइरहेको र खानेपानी नरहेको अवस्थामा पालिकासँग खानेपानीको लागि पहल गरिएको र बजेट समेत छुट्टिसकेको प्रधानाध्यापक धामीले बताए।
आजसम्मकै उत्कृष्ट सम्झन लायकको अभिभावक भेला भएको र विद्यालयले उत्कृष्ट प्रधानाध्यापक पाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर रोका मगरले बताए। कार्यक्रममा बोल्दै प्रधानाध्यापक धामीले अभिभावक बुद्धिजीवी र समाजसेवीहरूले सक्रिय रूपमा सहयोग गरेमा विद्यालयलाई नमुना विद्यालयका रुपमा चिनाउने समेत जनाएका छन्। यस्तै कार्यक्रममा प्रमुख अतिथि रहेकी भीमदत्त नगरपालिकाकी उपमेयर नीलम लेखक जोशीले विद्यालयको विकासको लागि आफू पछाडि नपर्ने र हरेक कुरामा साथ सहयोग गर्ने जनाएकी हुन् उनले कार्यक्रममा बोल्दै विद्यालयलाई सहयोग गर्ने उद्देश्यले विद्यालयको अक्षयको स्वरूप ५० हजार उपलब्ध गराउने समेत उपमेयर जोशीले बताएको प्रधानाध्यापक धामीले बताएका हुन्।
