शान्ति प्रसाद जोशी धनगढी: कैलाली जनपुस्तकालयको ६७ औँ वार्षिक उत्सव तथा ४७ औँ साधारण सभा एक कार्यक्रमका बीच आज सम्पन्न भएको हो। कैलाली जनपुस्तकालयका अध्यक्ष तथा प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिमका उपकुलपति डा. टि एन जोशी सभाध्यक्ष रहेको कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सचिव हरी प्रसाद लम्साल रहेका थिए। कैलाली जनपुस्तकालयका सचिव टंकप्रसाद जोशीले सञ्चालन गरेको कार्यक्रममा जनपुस्तकालयका कोषाध्यक्ष शेरसिंह खड्काले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

साहित्य तथा कला र विभिन्न क्षेत्रहरूबाट भाषाकला र संस्कृतिका लागि संघर्ष गरिरहनुभएका विभिन्न व्यक्तित्वहरूलाई स-सम्मान पुरस्कृत गरिएको थियो। पछिल्लो समय सो अध्ययन गर्ने बानी हराउँदै गएकाले पुस्तकालयप्रति चासो घट्दै गएको र यसको लागि सो अध्ययनको वातावरण बनाउनुपर्ने र पुस्तकालयमा आवश्यक पर्ने सामग्रीहरूको पनि उचित व्यवस्थापन गर्नुपर्ने र आफूले सकेजति व्यवस्थापन गर्ने कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सचिव लम्सालले जनाएका हुन्।

यस्तै कार्यक्रमको समापनमा बोल्दै कैलाली जनपुस्तकालयलाई अध्ययन अनुसन्धानको केन्द्रबिन्दुका रूपमा विकासित गर्न सबैले सहयोग गर्नुपर्ने र कैलाली जनपुस्तकालयलाई सुदूरपश्चिमकै नमुना पुस्तकालयको रुपमा चिनाउने समेत अध्यक्ष डा. टि एन जोशीले प्रतिज्ञा गरेका हुन्। उनले कार्यक्रममा उपस्थित सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यस्तै साथ सहयोगको समेत आशा रहेको बताएका हुन्। यस्तै कार्यक्रममा पुस्तकालयका सचिव टङ्क जोशीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष शेरसिंह खड्काले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्मान गरिएका केही तस्बिरहरू

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय