दार्चुला । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९ औं स्थापना दिवस मनाएको छ । २०६२ साल फागुन ७ मा स्थापन भएको केदारनाथले आज आफ्नो १९ औं स्थापना दिवस मनाएको हो ।

केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाका अध्यक्ष किसन सिह कुवरको अध्यक्षता तथा दुहु गाउँपालिका पुर्ब उपाध्यक्ष इश्वरी जोशीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवस कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख धनराज जोशीले २०६२ सालमा स्थापना भएको संस्थाले हाल सम्म उल्लेख्य कार्यप्रगति गरेको बताए । कार्यक्रममा सस्थामा आवद्ध सेयर सदस्य, संचालक समिति लगायत सरोकारवलाहरुको उपस्तिथि रहेको थियो ।
