 
							दार्चुला: दार्चुलाको विकट क्षेत्र अपि हिमालको ०६ नम्बर वडा धंकंमा जन्मेका भरत सिह महता तेक्वान्दोमा राष्ट्रिय स्तरको खेल खेल्दैछन् । जन्मिदै बायाँ हात नभएका उनि पारा तेक्वान्दो खेलाडीका रुपमा स्थापित हुदैछन। बाल्यकाल निकै कष्टकर तथा संघर्षपुर्ण बिताएका उनि निकै मेहनतका साथ पारा ओलम्पिक तेक्वान्दो सन २०२४ चीनमा हुन गइरहेको एसियाली छनौटमा नेपालबाट पर्न सफल भएका हुन।
सन २०२४ फ्रान्समा हुने पारा ओलम्पिकको लागि एसियाली छनौट खेल्न भोलि अर्थात चैत १ गते चीन जानेजादै छन भने छनौट खेल ४ गते हुने उनले बताए । सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने उनी खेल भनेपछि हुरुक्कै हुन्थे र गाउँ घरमा भलिबल खेलाडिका रुपमा चिनिन्थे साथै उहाले विभिन्न ठाउँमा भलिबल खेलमा सहभागी भइ पदक तथा उत्कृष्ट खेलाडी समेत भएका थिए। उनी एउटै हातले बल खेलि गाउ घरमा सबैलाई अचम्मित पार्ने तथा प्रेरणाका पात्र समेत बनेका थिए । हाल उनी काठमाडौंको किर्तिपुरमा गाई फम हालेर परिवार सहित बसेका छन।
काठमाडौंको बसाइमा विभिन्न किसिमका संघर्षहरु गर्नु परेको उनले बताए। पारा तेक्वान्दो ओलम्पिक बाट नेपाललाई पदक जिताउने दृढताका साथ तयारी गरिरहेको र उनीले देशका लागि पदक जित्नेमा आफू विश्वस्त रहेको उनका खेल प्रशिक्षक कविराज नेगिलामाले बताए।

 
										 
										 
												 
												 
												 
												 
												 
												 
								 
								 
								 
								