धनगढी – अखिल क्रान्तिकारी धनगढी नगर समितिको अध्यक्षमा पवन सुनार चयन भएका छन् । अखिल क्रान्तिकारी धनगढी उपमहानगरको दोस्रो नगर सम्मेलनबाट सुनार निर्विरोध चयन अध्यक्ष पदमा चयन भएका हुन् ।

शनिबार धनगढीमा भएको सम्मेलनबाट ३९ सदस्य नगर कमिटी गठन गरिएको जनाइएको छ । कमिटीको उपाध्यक्षमा विशाल पन्त, दिपेन्द्र बोहरा, किरण मगर, दिनेश हमाल रहेका छन् भने सचिवमा  सुनिल प्रसाद जोशी चयन भएका छन् ।

त्यस्तै सहसचिव क्षितिज रावल, शिबराज भट्ट, सरोज पाण्डे र कोषाध्यक्षमा पवन कुँवरलाई चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय