दार्चुला । नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लिमिटेड हिकिला शाखाले बिहिवार दुहुँ गाउँपालिका वडा नम्वर २ हिकिला स्थीत गौरीलमाण्डौ माध्यामिक बिद्यालयमा “Protect Your Money, Secure your Future” नारा रहेको ग्लोबल मनी विक २०२४ को अबसरमा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरको छ ।
सो कार्यक्रममा गौरीलमाण्डौका शिक्षकहरु, कक्षा ११ र १२ मा अध्ययनरत बिधार्थीहरु लगायत बैंक कर्मचारी दिवाकर जोशी र मनिष अवस्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकका हिकिला शाखा प्रबन्धक चन्द्र प्रसाद बडुले बचतको फाइदा, बैकीङमा हुनसक्ने ठगी का साथै बैंकले प्रदान गर्ने बिभिन्न सेवा सुबिधा बारे बिधार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लिमिटेडले हाल देशभर २७० शाखा, २६७ ए.टी.एम र ६३ एक्सटेन्सन काउन्टर मार्फत जनताहरु लाई बैकीङ सेवा प्रदान गरीरहेको छ ।

