धनगढी। धनगढीमा ट्याक्टर दुर्घटना भएको छ। आज बिहीवार धनगढी वडा नम्बर १२ जुगेडा बीू गाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन्।

सुदूरपश्चिम प्रुदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको छ । भने बाँकी ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए।

घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय