कैलाली. जिल्लाको धनगढी,२ मा अवस्थित श्री स्टेपिङ स्टोन इङ्लिस स्कूलले बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका विद्यार्थीलार्ई कपडा वितरण गरेको छ ।
खप्तड छेडेदह गाउँपालिकाका वडा नं. ५ मा रहेको श्री बाल विकास आधारभूत विद्यालयका लगभग ६५ जना विद्यार्थीलाई कपडा वितरण गरेको हो। नयाँ वर्षको अवसरमा स्टेपिङ स्टोन इङ्लिस स्कूलले कपडा वितरण गरेको हो। गाउँमा रहेका विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई केही सहयोग होस भनी विद्यालय परिवारले कपडा बाजुरा सम्म पठाएको थियो।


“केहि फरक काम गरेर हामीले नयाँ वर्षमा प्रवेश गरेका छौँ, गत वर्ष पनि हामीले धेरै समाजिक कार्यहरु गरेका थियौं र यो वर्ष पनि गर्ने आशा राखेको स्टेपिङ स्टोन इङ्लिश स्कूलका विद्यार्थी सुनिल बुढाले बताए्।

“यसै बाल विकास आधारभूत विद्यालयमा मैले नै अक्षरारम्भ गराएको विद्यार्थीले नै म यही विद्यालयमा रहदा अनुकरणीय गरिरहेकोले सुनिल बुढा लाइ धन्यावाद दिदै । सुनिल बुढाले जुन काम गरेका छन त्यो हाम्रो बाल विकास आधारभूत विद्यालयका लागि मात्रै नभएर हाम्रो गाउँपालिकाको लागि पनि गौरवको कुरा रहेको र अझै यस्तै कैयौं स्टेपिङ स्टोने बोर्डिङ स्कुल र सुनिल बुढा चाहिएको बाल विकास आधारभूत विद्यालयका प्रधानाध्यापक राम बहादुर रावतले बताए।

यस्तै सहयोग गर्ने हात हरु अगाडी आउन पाए सबै गरिव निमुखा लगायत आर्थिक अवस्था कम्जोर सबैको शिक्षामा पहुच पुग्ने र हामी सम्पूर्ण विद्यालय परिवार स्टेपिङ स्कूल र सुनिल बुढा प्रति सधै आभारी रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बुढाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय