दार्चुला । आँखा शिविर जारी रहेको छ । नेत्र ज्योति संघ जिल्ला शाखा दार्चुलाको आयोजना तथा गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको तीन दिने आँखा शिविर भोलि सम्म रहने छ ।
जिल्ला सदरमुकाममा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगामा संचालन गरिएको आँखा शिविरको दोस्रो दिन आज ७२ जनाको आँखाकोे शल्यक्रिया गरिएको छ ।

त्यस्तै १ सय ९९ पुरुष र २ सय ३८ पुरुष गरि जम्मा ४ सय ३७ जनाको आँखाको चेकजाँज गेटा आँखा अस्पतालका नेत्र अधिकृत एवंम शिविर संयोजक नरेन्द्र विष्टले जानकारी दिए । जसमध्ये ३९ जना महिला र ३३ जना पुरुष गरि ७२ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत एवंम शिविर संयोजक विष्टले बताए ।

शिविरको पहिलो दिन आइतबार २ सय ७७ महिला र २ सय ४६ पुरुष गरि जम्मा ५ सय २३ जनाको आँखाको चेकजाँज गरिएकोमा ३७ जना महिला र ४७ जना पुरुष गरि ८४ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।
आइतबार देखि संचालन भएको तीन दिने आँखा शिविर (भोली) वैशाख १८ गतेसम्म जारी रहने गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र विष्टले बताए । शिविर भोली समेत जारी रहने छ ।

