धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा विश्व हिन्दु परिषद्को वडा समिति गठन गरिएको छ।

शनिवार विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षतामा भएको वडा भेलाले स्थानीय थलराम रिजालको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा कल्पना चापागाई, सचिवमा गणेशबहादुर बिक, कोषाध्यक्षमा मिश्रिलाल डगौरा तथा सदस्यमा तुलसी भण्डारी, जीवन ओली, पुष्पराज घिमिरे र डम्बरराज जोशी चयन भएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८का पूर्व वडा अध्यक्ष मुरारी अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा समितिका कोषाध्यक्ष अमितकुमार भुजनियाजीले विश्व हिन्दु परिषद्का विषयमा जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय