दार्चुला । नेपालकै सार्वधिक विस्वासीलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दार्चुला उपशाखाले दुर्घटनामा परी मृत्यु भएका जिल्लाको नौगाड गाउँपालिका वडा नम्वर २ का किसन सिह ठगुन्नाका छोरा बिरेन्द्र सिह ठगुन्नालाई ४ लाख ३२ हजार रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ । मंगलबार एक कार्यक्रमका बीच नौगाड गाँउपालिका वडा नम्वर ०२ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दार्चुला उपशाखाकाे टोली गई उनका छोरा बिरेन्द्र सिह ठगुन्नालाई संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गर्नु भएको हो ।
नौगाड २ का ठगुन्नाले १५ बर्षे सुरक्षित जीवन बिमा अन्तर्गत २ लाख बिमाङ्ककाे बिमा गराएका थिए । जम्मा बार्षिक ३ किस्ता वाफत रु ४५ हजार ७५३ रुपैयाँ जम्मा गर्नुभएको थियाे नेपाल लाइफ उपशाखा प्रमुख जय सिह ठगुन्नाले जानकारी दिए । २०८० साल मंसिर २१ गते दुर्घटनामा परि उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएका ठगुन्नाको परिवालाई बिमाङक वाफत दुईलाख, दुर्घटना सुविधा (ADB) दुईलाख र ३२ हजार आर्जित बनोस गरी चारलाख ३२ हजार मृत्यु दाबी भुक्तानी पाएको उपशाखा प्रमुख ठगुन्नाले बताए ।
त्यस्तै नौगाड २ का जयलाल सिह ठगुन्नाको छोराको नाममा जारी भएको केटाकेटी जिवन बिमा योजना अन्तर्गत कम्पनिले (PWB) छुट सुविधा दिएको छ । छोरा भुवन सिह ठगुन्नाको नाममा जारी भएको बिमा लेखमा जयलाल सिह ठगुन्ना (बुवा) प्रस्तावक रहनु भएको थियो । प्रस्तावककाे मृत्यु भएकाले उनलाई छुट( PWB) सुविधा अन्तर्गत बाकि बिमा अवधी सम्मका किस्ता छुट भएकाे सम्पुष्टी कागज र बिमा फाईल मृतक कि श्रीमती छुङ्का देवि ठगुन्नालाई हस्तान्तरण गरेका छन।
कार्यक्रममा कम्पनीका उपशाखा प्रमुख, वरिष्ठ एजेन्सी म्यानेजर लागयत स्थानियहरुकाे उपस्थिति रहेको थियो ।
