दार्चुला । नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्ड बर्गर विपिन जोशीको घरमा पुगेका छन् । आइतबार इजरायली राजदूत हानान गोडर कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर विपिन जोशीको घरमा पुगेका हुन ।
गत २० असोजमा प्यालेष्टाईनी हमास समूहले इजरायलमाथि हमला गर्दा हमास समूहको नियन्त्रणमा रहेका जोशीको घरमा पुगेका हुन । इजरायली राजदूत विपिनको घर पुगेर उद्धारका लागि आश्वासन दिएका छन् ।
विपिनका बुवा महानन्द जोशीले छोराको रिहाइका लागि राजदूतसँग अनुरोध गरेका छन् । विपिन जोशीका परिवारको अनुरोध अनुरूप इजरायली राजदूतले दुखत घटना भएको भन्दै उद्धारका लागि इजरायली सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रतिबद्धता जाहेर गरेको परिवारजनले जनाएका छन् ।
यस अघि विपिनको रिहाइका लागि घर परिवारले गृहमन्त्री, पराराष्ट्रमन्त्री, प्रधानमन्त्री, राष्ट्र पतीसम्म भेटघाट गरेर अनुरोध गरेका छन् ।
