दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष जित बहादुर बमले बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गर्नु भएको छ ।

बडा नम्वर १ मा रहेका पिपलचौरी माध्यामिक बिद्यालय बिणमा कक्षा शिशु देखी १० सम्मका अध्ययनरत १ सय ६८ जना बिद्याथीहरुलाई पोशाक बितरण गर्नु भएको हो । सोमबार बिद्यालयमा एक कार्यक्रमका बिच वडा अध्यक्ष बमले आफ्ना पुजनिय बुवा प्रचण्ड बहादुर बमको ८३ औँ जन्मोत्सवको अवसरमा बिद्यार्थीहरुलाई पोशाक बितरण गरेका हुन ।

पोशाक बितरण कार्यक्रममा स्थानिय सरकार प्रतिनिधि, शिक्षा शाखा प्रतिनिधि, बिभिन्न राजनीतिक दलका नेता, बिद्यालय ब्यवस्थापन, शिक्षक कर्मचारी, अभिभावक लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

स्थानिय निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष बमले यस्तै बेला बेला सामाजिक कार्य गर्दै आईरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय