दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ पारी बरमुडेकी लक्ष्मी डाँगा फरार भएकी छिन् । सोमबार बिहान आफ्नै घरबाट २ ताला सुन र ५० हजार नगद लिएर फरार भएकी हुन् ।
लक्ष्मीका देवर उत्तरसिंह डाँगाले लक्ष्मी परपुरुषसँग भागेर गएको अनुमान गरेका छन् । भगाउने केटा बैतडी जिल्ला घरभई हाल महेन्द्रनगर बस्ने सागर साउँद भन्ने सुनिएको उत्तरसिंहले बताए ।
केही दिन अघिदेखि लक्ष्मी परपुरुषसँग फोनमा धेरै बोल्ने गरेको देवर उत्तरसिंहले बताए । यदि कसैले लक्ष्मीलाई देखे वा भेट्टाएमा नजिकको प्रहरी चौकी वा लक्ष्मीको श्रीमान् करनसिंह डाँगाको मोबायल नम्बर ९८४८८५१२९२ मा सम्पर्क गरी सहयोग गर्न उत्तरसिंहले आग्रह गरे ।
उनका घरमा श्रीमान,१० बर्षिय छोरा र १२ बर्षिय छोरी रहेका छन् ।
