सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१ मा १० अर्बभन्दा बढी रकम खर्च गर्न सकेको छैन।

यस आर्थिक वर्षका लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न नसकेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ६३.५९ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक वर्षको विकास बजेट अर्थात पुँजीगततर्फ विनियोजित १७ अर्ब २ करोड ५४ लाख ३९ हजार रुपैयाँमध्ये १० अर्ब ५७ करोड १२ लाख ६६ हजार ३ सय २० अर्थात ६२.०९ प्रतिशत मात्र खर्च भएको छ।

विकास बजेटमा यस वर्ष ६ अर्ब ४५ करोड ३१ लाख २ सय ३७ रुपैयाँ खर्च हुन सकेन। यस्तै, चालुतर्फ ११ अर्ब ९६ करोड २ लाख एक हजार रुपैयाँ कुल विनियोजित रहेकोमा ६७.३२ प्रतिशत खर्च भइ ३ अर्ब ९० करोड ८९ लाख ४० हजार रुपैयाँ खर्च हुन सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय