दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा सामुदायिक विद्यालयहरुको दुई दिने वार्षिक समिक्षा कार्यक्रमको उद्धघाटन गरिएको छ ।

गाउँपालिका अन्तरगत आर्थिक वर्ष २०८०।०८१ मा सञ्चालन गरिएका कार्यक्रम, योजना तथा नीतिहरुको प्रभावकारीता, समस्या र उपलब्धिका बारेमा समिक्षा गर्ने उद्धेश्यले समिक्षा कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक  मदनराज जोशीले जानकारी दिए ।

शिक्षा शाखा प्रमुख विरेन्द्र सिंह साउँदको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आथित्यता रहेको छ । कार्यक्रममा गाउँपालिकाभरिका २२ वटै सामुदायिक विद्यालयहरुको सहभागिता छ । अपिहिमाल गाउँपालिकाले आर्थिक बर्ष २०८१।०८२ लाई शैक्षिक गुणस्तर सुधार वर्षका रुपमा लिएकोले अगामी रणनीती तथा कार्यक्रमहरुको बारेमा छलफल गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय