दार्चुला-तीन दिनमा ११६ जना ज्येष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाको पञ्जीकरण शाखाले शिविर मार्फत तीन दिनमा ११६ जना ज्येष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । गएको आइतबार गाउँपालिकाको वडा ३ मालिकार्जुन मड प्रेमनगरबाट सुरु भएको शिविरमा मंगलबार सम्म ३ वडाका १६६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पञ्जीकरण शाखा प्रमुख लोकेन्द्र सिह धामीले जानकारी दिनु भयो । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र माछापुच्छ्रे बैंक लिमिटेड मालिकार्जुन शाखाको सहकार्यमा आइतबार देखि पालिकाभित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर निरन्तर रुपमा सञ्चालनमा रहेको उहाँले बताउनुभयाे ।

   वर्षातको सयमा बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको  छ । मंगलबार आज सम्म वडा १,३,६मा गरी ११६ जना ज्येष्ठ नागरीकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन । जसमध्ये वडा १मा ३६ जना, वडा ३मा २९ जना र वडा ६मा ४६ जनागरी ११६ जनाले भत्ता पाएको पञ्जीकरण शाखा प्रमुख धामीले जानकारी दिनु भयो । भुक्तानी शिविर अगामी शुक्रबार अर्थात साउन ११ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । बुधबार भोली वडा २ को वडा कार्यालय भगवतीमा शिविरको आयोजना गरिएको छ । वडा कार्यालयमै पुगेर भत्ता पाएपछि पालिकाक्षेत्रमा बसोबास गर्ने गाउँमै पुगेर ज्येष्ठ नागरिकहरु हर्षित भएका छन । ८ वडा रहेको गाउँपालिकाका हरेक वडामा शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ । नयाँ नेपाल एफएमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय