दार्चुला– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली दार्चुलाको शैल्यशिखर नगरपालिकामा पुगेको छ । स्रोतका अनुसार टोली आज बिहानमात्रै शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर पुगेको हो । बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा केही समयको भेटघाटपछि टोली अहिले नगरपालिकाको कार्यालयमा पुगेको छ । नगरपालिकाको कार्यालयमा टोलीले अख्तियारमा परेका मुद्दा र केही दिन अगाडि घुस रकमसहित समातिएका कृषि प्राविधिकहरूको बयान अनुसारका प्रमाण संकलन गरिरहेको छ । टोली अहिले पालिकाको लेखा शाखामा आवश्यक कागजपत्रको संकलन गरिरहेको छ । शैल्यशिखरमा ठूलै आर्थिक चलखेल भएको भन्दै अख्तियारमा पटक-पटक निवेदन आउन थालेपछि अख्तियारले विशेष निगरानी राखेको स्रोतले बताएको छ । यस्तै, पटक-पटक अनियमितताका समाचार बाहिरिएपछि महालेखा परीक्षकको कार्यालयले समेत शैल्यशिखरलाई विशेष निगरानीमा राखेको महालेखास्रोतले कागजपत्रलाई जानकारी दिएको छ । from kagajpatra.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय