दार्चुला : दार्चुला सदरमुकाम खलंगामा एक विद्यार्थीमाथि कुटपिट भएको छ । एसइई तयारीको लागि सदरमुकाम खलंगा आएका मार्मा गाउँपालिका-४ का निलम ठगुन्नामाथि केहि केटाहरुको समूहले कुटपिट गरेको हो । शनिवार दिउँसो महाकाली नगरपालिका–५ महादेव मन्दिर नजिक ठगुन्नामाथि कुटपिट भएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले जानकारी दिए । चार/पाँच जनाको समूहले उनीमाथि कुटपिट गरेको उनले बताए । कुटपिट गरि उनीहरु फरार भएका छन् । घाइते ठगुन्नालाई भट्टले जिल्ला अस्पताल दार्चुलामा लगेर उपचार गराएका छन् । उनको टाउँको र अनुहारमा चोट छ । घट्नामा संग्लनलाई खोजविन गरी कार्वाहीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको भट्टले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनामा संग्लनहरुको खोजी भइरहेको छ ।
नेविसंघ दार्चुलाकाे माग यस्ताे छ
दार्चुला जिल्लाको मार्मा गाउँपालिला वडा नम्बर-४ घर भई SEE को ग्रेडवृद्धि परीक्षाको तयारीको लागी दार्चुला जिल्लाको सदरमुकाम खलंगामा ट्युसन पढ्न आएका निलम ठगुन्ना लाई महाकाली नगरपालिका वडा नम्बर-५ महादेव मन्दिर नजिक केहि अपरिचित आपराधिक समुहले कुटपिट गरेको घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ! उक्त आपराधिक घटनाको घोर भत्सर्ना गर्दछौ ! जिल्लाको सदरमुकाम बजार क्षेत्रमा आम नागरिकको सुरक्षामाथि नै प्रश्न उठ्ने, जिल्ला स्थित सुरक्षा निकायलाई समेत चुनौती दिने र सदरमुकाममा SEE को ग्रेडवृद्धि परीक्षा तयारीमा रहेका विद्यार्थीहरुमा डरत्रासको वातावरण सृजना भइ विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव परेर पढाईमा समेत असर पार्ने यो घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न जोडदार माग गर्दछौ ! उक्त आपराधिक घटनामा संलग्न व्यक्तिहरुको आक्रमण बाट विद्यार्थी निलम ठगुन्नाको टाउकोमा गम्भीर चोट पुगेको देखिन्छ , घाइते विद्यार्थी निलमको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ !
