दार्चुला-नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सदस्य धनबहादुर कुँवर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०६३ सालदेखि एमालेमा लागेका कँुवर मंगलवार काँग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री  दिलेन्द्र प्रसाद बडूले खादा र माला लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गरेका कुँवरले एमालेमा अवसरबादी हावी भएको आरोप लगाएका छन् । साथै उनले काँग्रेसमा आफू निस्वार्थ रुपले प्रवेश गरेको बताउँदै आफ्नो प्रवेश फरक रहेको बताए । काँग्रेस प्रवेश गरेका उनलाई नेपाली काँग्रेस दार्चुलाले आमन्त्रित जिल्ला कार्य समितिमा मनोनित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय