दार्चुला–दार्चुला जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले मार्मा गाउँपालिका–४ र ५ नम्बर वडाका बाढी-पहिरो प्रभावित समुदाय संग भेटघाट गर्नुका साथै पहिरोको स्थलगत अनुगमन निरिक्षण गर्नु भएको छ । पुर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर लगायत विभिन्न कार्यालयका प्राविधिक सहितको टोलीले लिएर बाढी पहिरो प्रभावित क्षेत्र पुग्नु भएका प्रतिनिधिसभा सदस्य बडूले पहिरोको उचित व्यवस्थापन र प्रभावित क्षेत्रका समुदायको व्यवस्थापनका विषयमा मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी संग छलफल गर्नु भएको छ ।

   अनुगमन पस्चात उहाँले भोलि देखी नै क्षतिको प्राविधिक मुल्यांकन, क्षतिग्रस्त संरचनाहरुको पुर्नर्निर्माण र अगामी व्यवस्थापन गर्न प्राविधिकहरुलाई निर्देशन दिनु भएको छ । साथै उहाँले सुदूरपश्चिम सरकारको बजेट आउन बाँकी रहेको भन्दै मार्मा बाढी पहिरो रोकथाम र क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्न प्रदेश सरकार संग आग्रह गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ । अनुगमनमा दार्चुला जिल्लाका पूर्वमन्त्री एवं निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू कश्यप, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, गाउँपालिका उपाध्यक्ष शर्मिला कुमारी चन्द सिंह, वडा अध्यक्ष, पुर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर, लगायत विभिन्न कार्यालयका प्राविधिक टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय