दार्चुला-नेपाली सेनाका लागि लिएको सैन्य पदको लिखित परीक्षामा दार्चुलामा २ सय २७ जना सहभागी भएका छन् । शनिबार लाेकसेवा आयाेगकाे कार्यालय डाेटीले लिएकाे परिक्षामा उक्त् संख्याका उम्मेदवारले सहभागिता जनाएका हुन् । लिखित परिक्षाका लागि २ सय २९ जना छनौट भएको भएपनि २ जना उम्मेदवार परीक्षामा अनुपस्थित रहेको नेपाली सेनाको दार्चुला स्थित गुरुगोरख गुल्मले जनाएको छ ।गत बैशाखमा जंगी अड्डाले रिक्त विभिन्न सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुका लागि २ हजार ५ सय ५ जनाको आवेदन माग  गरेको थियो । जसअन्तर्गत दार्चुलाको गुरुगोरख गुल्मबाट ५० जना सैन्य पदका लागि आवेदन माग गरिएको थियो । यहाँ खुलातर्फ २६ जना, महिला ४ जना, आदिबासी जनजाती ७ जना मधेसी ६ जना, दलित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी जिल्लाभरीबाट ५० जनाको आवेदन माग गरिएको हो । ५० जनाको माग गरिएकोमा दार्चुला जिल्लाबाट ५ सय भन्दा बढी जनाको आवेदन परेको थियो । सेनाको छनौट प्रक्रिया अन्तर्गत लिखित परीक्षामा २२९ जना पुगेको सेनाले जनाएको छ ।सेनाको लिखित परीक्षामा १ महिला र १ जना पुरुष उम्मेदवार अनुपस्थित रहेको जनाएको छ । लिखित परीक्षामा ५० जना महिला र १ सय ७७ जना पुरुष सहभागी भएका छन् । परिक्षा सदरमुकाम खलंगामा रहेकाे महेन्द्र नमुना माध्यमिक विद्यालयमा संचालन गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय